Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडको दुर्घटनामा इलामकी तुलसाको मृत्यु

बिर्तामोडको दुर्घटनामा इलामकी तुलसाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १५ २०८१


बिर्तामोडको दुर्घटनामा इलामकी तुलसाको मृत्यु

इलाम– झापाको बिर्तामोड नगरपालिका–५, हिकोला मोडमा आज साँझ भएको सवारी दुर्घटनामा इलामकी महिलाको मृत्यु भएको छ । दुर्घटनामा इलामको माई नगरपालिका–४, गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेन्डतर्फ जाँदै गरेको प्र  १–०२–००२ ख ००३५ नम्बरको बसले प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पाँचकोटीलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो । उपचारक्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा माई नगरकै ३६ वर्षे थिरप्रसाद सुवेदी घाइते भएका छन् । दुर्घटनापछि बस र बस चालक २९ वर्षे हिमाल बिक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार