Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

विगत ८ दिन देखि हराएका इलामका रामकुमारको शव सडेको अवस्थामा फेला

विगत ८ दिन देखि हराएका इलामका रामकुमारको शव सडेको अवस्थामा फेला

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १५ २०८१


विगत ८ दिन देखि हराएका इलामका रामकुमारको शव सडेको अवस्थामा फेला

इलाम । विगत ८ दिन देखि वेपता रहेका इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित साठीमुरेका ५७ वर्षे रामकुमार श्रेष्ठ मृत भेटिएका छन् । श्रेष्ठको शव आज अपराहन्न ४ बजे माईजोगमाई गाउँपालिका–५ कटुसे पुल भन्दा  करिब १ सय मिटर  फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राईले शव सडेको अवस्थामा फेला परेको केही दिन अघि नै श्रेष्ठको मृत्यु भएको बताए ।

घटना बारे थप अनुसन्धान भइरहेको छ । मृतक श्रेष्ठ भदौ ७ गते शुक्रबार राति ११ बजेसम्म घरमै सुतिरहेका थिए । बिहान खाना खाने समयमा उनी घरमा भेटिएनन् । राति उनी टर्च लाइट लिएर घरबाट हिँडेको स्थानीयले बताएका छन् । रामकुमारका एक छोरा वैदेशिक रोजगारीमा छन् । घरमा पत्नी र दुई छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार