इलाम । कर दाता सेवा कार्यालय इलाममा लक्ष्य अनुसार राजश्व संकलनमा कमि आएको छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ मा ८४ करोड ७४ लाख संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्यको ७६ प्रतिशत मात्रै राजश्व संकलन भएको हो । सेवा कार्यालयमा लक्ष्यको १० करोड कमि गत आर्थिक वर्षमा संकलन गरेको थियो । सेवा कार्यालयले गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख निराजन कुमार थापाले बताए ।
इलाम जिल्ला कार्यक्षेत्र रहेको सेवा कार्यालयमा अन्तसुल्क तर्फ १२ सय ६५,व्यक्तिगत पान तर्फ २६ हजार ४ सय २९, मुल्य अभिवृद्धि कर भ्याटमा १४ सय ७४ र डब्लु प्यानमा ४ सय २२ जना करदाता सेवा कार्यालयमा दर्ता भएका छन् । सबै व्यवसायी करको दायरामा नआउनु र भ्याटमा दर्ता भएका व्यवासायीहरुले प्राय स्टामेट बिल मात्रै प्रयोग गरेकाले लक्ष्य अनुसारको कर संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।