Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालनले इलाममा पशुपालनमा आकर्षण 

लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालनले इलाममा पशुपालनमा आकर्षण 

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र १५ २०८१


लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालनले इलाममा पशुपालनमा आकर्षण 
इलाम  ।  दूध दूधजन्य पदार्थ र खसिबोकाको मासुमा आत्मनिर्धर बनाउन छुट्टै परियोजना संचालनपछि इलाममा व्यवसायीक पशुपालनमा किसानको आकर्षण बढेको छ । नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाले व्यवसायीक पशुपालन प्रवद्र्धनमा ५० प्रतिशत अनुदान दिएपछि किसानले व्यवसायीक पशुपालन गर्दै आएका हुन् ।
इलामका किसानहरु व्यवसायीक पशुपालनतर्फ आकर्षित भएका छन् । पशुजन्य पदार्थहरुको उत्पादकत्व र मूल्य श्रृङ्खलामा वृद्धि गर्न नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालन पछि ग्रामीण क्षेत्रका किसानहरु व्यवसायीक पशुपालनतर्फ आकर्षित भएको सन्दकपुर ५ जुमनाका दिपक गुरुङ्गले बताए ।
पशुजन्य वस्तुहरु दूध, मासुमा आधारित साना किसान, उद्यमीहरुको समानुकूलतालाई सुधार गर्न आयोजनाले अनुदानका कार्यक्रम संचालन गरेको थियो । विश्व बैङ्कको ऋण सहयोगमा २०७४ सालबाट संचालनमा आएको आयोजनाबाट किसान समूह, सहकारी र फार्महरुको परियोजना प्रस्ताबका आधारमा अनुदान प्रदान गरिएको हो ।
खसीबोकाको मासु, दुध, दुग्द्यजन्य पदार्थ मुल्य श्रृङखला विकासमा २०% कृषकका तर्फबाट, वित्तिय संस्थाको ऋण प्रवाह लगानी सहित ३०% र बाँकी ५०% आयोजनाले अनुदान दिएको थियो । जसले गर्दा इलामका ग्रामीण क्षेत्रमा व्यवसायीक पशुपालनमा सुधार आएको हो ।
इलाममा आयोजनाबाट ९५ वटा कृषक समूह, सहकारी र फार्महरुलाई अनुदान सहयोग पुगेको हो । व्यवसायीक पशुपालनका लागि परियोजनाका तर्फबाट ८ करोड ४५ लाख अनुदान प्रदान भएको छ । परियोजना संचालनमा बैंक ऋण ५ करोड ४३ लाख र किसानको नगद ३ करोड लगानी छ ।
आयोजनबाट इलाममा संचालन गरेका उप–आयोजनाहरुको कार्यप्रगति विवरण सहित स्थानीय तह र प्रदेश सरकारको पशु सेवा बिज्ञ केन्द्रमा हस्तान्तरण गरेको छ । उप आयोजना संचालन गर्दा बैंकको ऋण, किसानले नगद पनि अनिर्वाय भएकाले प्रगति राम्रो भएको आयोजना प्रमुख डा सुधिर कुमार सिंहले बताए ।
उन्नत जातका गाई, बाख्रा खरिद, घाँस उत्पादन, प्रविधि र प्राविधिक ज्ञान परियोजनाबाट पाएपछि व्यवसायीक पशुपालनमा किसानको आकर्षण बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार