Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

कोशीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

कोशीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १४ २०८१


कोशीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

२७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार