Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पाँचथरमा विस्फोटक पदार्थ पड्किंदा घाइते दाजु-बहिनीको मृत्यु

पाँचथरमा विस्फोटक पदार्थ पड्किंदा घाइते दाजु-बहिनीको मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १४ २०८१


पाँचथरमा विस्फोटक पदार्थ पड्किंदा घाइते दाजु-बहिनीको मृत्यु

पाँचथर । बिहिबार दिउसो पाँचथरको फालेलुङ-५मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका दिलिप साँबाको २ वर्षीय छोरी प्रिन्सा सावाँ र ११ ११ वर्षीय दिपशन साँवा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रिन्सा र दिपशन सावाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि सुविधा सम्पन्न अस्पतलालमा रेफर गरिएको थियो ।

प्रिन्सा साँवाको बिहिबार राति १० बजे इलाम पुग्दै बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दिपशन साँवाको बिहिबार राति झापाको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालबालिका घाइते भएका थिए ।

घाइते ११ वर्षिय पबन राईको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ । सामान्य घाइते ७ वर्षिय दिपशन राईको स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पाँचथरको फालेलुङ ५मा विस्फोट विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ भएको पाइएको छ । सुरक्षा निकायले पुष्टी गर्न बाँकी छ । नेपाली सेनाको टोली पुगे पछि मात्र पुष्टी हुनेछ ।

शुक्रबार बिहान मात्र नेपाली सेनाको टोली घटनास्थल पुग्ने बताइएको छ । विस्फोट भएको घरमा दिउसो विस्फोट विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ फेला परेको जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार