Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पाँचथरमा विष्फोटमा परी चार बालबालिका घाइते, दुईको अवस्था गम्भीर

पाँचथरमा विष्फोटमा परी चार बालबालिका घाइते, दुईको अवस्था गम्भीर

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १३ २०८१


पाँचथरमा विष्फोटमा परी चार बालबालिका घाइते, दुईको अवस्था गम्भीर

पाँचथर : पाँचथरको फालेलुङ गाँउपालिका-५ डाँडा गाँउका आइतरात केरुङको घरमा बिस्फोट भएको छ। बिस्फोटमा परी चार जना बालबालिका घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको फालेलुङ(५ का वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए। विस्फोटमा परी दिलिप साँवाको ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका छन्।

त्यस्तै सोही घरमा बस्दै आएका ज्ञान बहादुर राईका ११ वर्षीय छोरा पवन राई घाइते भएका छन्। गम्भीर घाइते दिपसन र प्रिन्साको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल रेफर गरिएको छ। पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। विस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन्। उनको प्राङबुङस्थित स्वास्थ्य चौकीमा उपचार भएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो ३स्३० बजे विस्फोट भएको स्थानीयको भनाइ छ। विस्फोट भएलगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएका स्थानीयले बताएका छन् । घाइतेमध्ये पवन राईका अनुसार खेलिरहेका अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताए ।

पवनको अवस्था सामान्य छ । घट्नाको जानकारी आएलगत्तै प्रहरी चौकी प्राङवुङबाट गएको टोलीले उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको हो ।अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको पनि भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार