Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलामका दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

इलामका दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १३ २०८१


इलामका दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

इलाम । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । इलाम नगरपालिकामा जन्मिएको उनको वास्तविक नाम दिनेशराज दाहाल भएपनि चलचित्र र संचार क्षेत्रमा उनी दिनेश डिसीको नामले परिचित छन् ।

उनले एसएलसीसम्मको शिक्षा इलामको आर्दश माविबाट पुरा गरेका थिए । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए ।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् । चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार