फिक्कल : इलामको सूर्योदयकाले नगरलाई हरियाली बनाउनका लागि यस बर्ष नगर क्षेत्रभित्र बिभिन्न प्रजातिका ५१ हजार बिरुवा रोपिएको छ । बिभिन्न ठाउँबाट बिरुवा ल्याएर नगरपालिकाले सामुदायिक बन, सार्वजनिक स्थल टोल बिकास संस्था , कार्यालय परिसर र बिभिन्न संघ संस्था मार्फत ५१ हजार बिरुवा रोपिएको हो ।
नगरले बिभिन्न ठाउँबाट खरीद गरी ल्याएका बिरुवा निःशुल्क रुपमा बितरण गरी नगर क्षेत्र भित्र रोपिएको नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार नगरले चाँप , गुराँस सहित कागती, सुन्तला लगायतका बिरुवा रोपेको छ । शाखा संयोजक लिम्बुले रोपण गरिएका बोट बिरुवाको संरक्षणका लागि झोडा फडान र संरक्षण योजना बनाएर बजेटको ब्यवस्थापन गर्नु पर्ने बताए ।
संयोजक लिम्बुले भने ‘संरक्षणको काम नगरले मात्र गरेर हुँदैन ब्यक्ति पनि त्यतिकै सक्रिय बन्नु पर्दछ । नगरले नगर क्षेत्रलाई हरियाली बनाउनका लागि बिगतका बर्ष देखि बिरुवा रोप्ने काम गर्दै आए पनि संरक्षणको काम भने भएको पाइदैन । नगरले पर्यटकीय क्षेत्र अन्तु , कन्याम , गोर्खेको थुम्के लगायतका स्थानमा चाप, गुराँस प्रजातिका बिरुवा रोप्दै आएको छ ।
नगर प्रमुख रण बहादुर राईले नीजि जमिनमा समेत बोट बिरुवा मासिदै गएकाले नगरले सामुदायिक बन सहित सार्वजनिक जमिनलाई हराभरा बनाउनका लागि नगरले योजना बनाएर बिरुपा रोप्ने कार्य गरिरहेको बताए । पछिल्लो समय गोलिया बिक्रीबितरणका कारण नीजि जमिनमा समेट बनजंगल मासिदै गएको छ ।
नगर प्रमुख राईले भने ‘वातावरण जोगाई राख्न र हरीयाली नगर बनाउने हाम्रो अभियान हो।’ नगरपालिकाले स्थानीयलाई समेत फलफुल र घासका बिरुवा बितरण गर्दै आएको छ ।