Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गाउँपालिका तर्फ सन्दकपुर अब्बल

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गाउँपालिका तर्फ सन्दकपुर अब्बल

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १२ २०८१


स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गाउँपालिका तर्फ सन्दकपुर अब्बल

फिक्कल । आर्थिक बर्ष २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गाउँपालिका तर्फ सन्दकपुर पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको विवरण अनुसार कुल १०० पुर्णाङ्कमा ७८.२५ अंकको साथ इलाम जिल्लामा सन्दकपुर पहिलो भएको हो । गाउँपालिका तर्फ नै ७१.७५ अंकको साथ चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिका दोश्रो स्थानमा छन् ।

६८.५० अंकको साथ रोङ गाउँपालिका चौथो स्थानमा छन् । ६४ अंकको साथ माईजोगमाई गाउँपालिका र माङसेबुङ गाउँपालिका पाँचौ भए । मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमुल्यांकन गराउँदै आएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशितभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अंक ल्याउनेलाई उत्कृष्ठ स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार