Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा शव जलाउँदा टायर र प्लास्टिक प्रतिबन्ध

इलाममा शव जलाउँदा टायर र प्लास्टिक प्रतिबन्ध

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ११ २०८१


इलाममा शव जलाउँदा टायर र प्लास्टिक प्रतिबन्ध

इलाम– इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवाखोलामा मानव शवको अन्तिम दाहसंस्कारमा गाडीको टायर तथा प्लास्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्रायः धेरै स्थानमा पछिल्लो समय मानव शरीरको दाहसंस्कार गर्दा चाँडो शव जलाउँदा घाटहरूमा दाउरासँगै टायर र प्लास्टिकजन्य पदार्थ प्रयोग गर्ने गरिएको छ ।

, टायर र प्लास्टिकजन्य पदार्थले मानवस्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने भएकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध गरेर परम्परागत ढंगबाटै शव जलाउन सबैलाई आग्रह गरिएको इलाम–४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए । ‘टायर हालेर आगो लगाउने र शव जलिनसकी छोडेर हिँड्ने प्रचलन बढेकाले समुदायमा त्रास बढ्ने, त्यसले वातावरणमा समेत असर गरेको पाइयो,’ इलाम नगर प्रवक्तासमेत रहेका दुलालले भने, ‘टायर र प्लास्टिकको धुवाँले क्यान्सर, दम, मुटुलगायत प्राणघातक रोग लाग्ने भएकाले सबैलाई सचेत गराइएको छ ।’

दुलालले पुरानै अर्थात्, कपुर, घिउ, तोरी, तिल, चिनीको प्रयोग गर्न र शव जलिसकेपछि चित्ता पखालेरमात्र छोड्न आग्रह गरे । दाहसंस्कारमा सहयोग आवश्यक परे जनप्रतिनिधि र टोल विकास संस्थाले समेत सहयोग गर्ने वडाले जनाएको छ । वडा कार्यालयले सार्वजनिक सूचना निकालेर समुदायलाई शव जलाउने विषयमा सचेतसमेत गराएको छ । पालिका पेज

प्रतिक्रिया
सम्बन्धित समाचार