Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पूर्वको पर्यटकीय क्षेत्र अन्तु समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक १७ बाट (तस्बिरहरु)

पूर्वको पर्यटकीय क्षेत्र अन्तु समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक १७ बाट (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १० २०८१


पूर्वको पर्यटकीय क्षेत्र अन्तु समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक १७ बाट (तस्बिरहरु)

सुर्योदय (अन्तु ) । दोस्रो संस्करणको गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा प्रतियोगिता संचालन हुने भएको हो । भेट्रान्स खेलाडीहरुलाई फुटबल खेलमा आर्कषित गर्दै खेल पर्यटनको विकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सामसुङ मेमोरियल मैदानमा प्रतियोगिताको मिति पत्रकार सम्मेलन गरेर जानकारी गराइने वडाध्यक्ष उर्गेन बम्जनले बताए । प्रतियोगितामा नेपाल र भारतका ८ भेट्रान्स फुटबल टिमको सहभागिता रहनेछ । गत बर्ष कार्तिक १७ गतेबाट प्रतियोगिता संचालन गरिएको थियो । पहिलो संस्करणको प्रतियोगिता एमसीसी भेट्रान्सलाई हराउँदै घरेलु टिम गोरख भेट्रान्सले जितेको थियो ।

नेपाल र भारतका टिमहरुलाई सहभागिता गराएर खेलको माध्यमबाट अन्तरदेशीय सम्बन्ध विस्तार गर्दै पर्यटन प्रर्वद्धनलाई टेवा पु¥याइने आयोजक समितिका सचिव विकास तामाङले बताए । खेलमा सहभागि खेलाडीको बिमा समेत गरिएको उनले बताए । नेको इन्स्योरेन्सले खेलाडीको बिममा सहकार्य गरेको छ । ६ लाख ३५ हजार रुपैया खर्च हुने प्रतियोगितामा नेपाल र भारतका गरि ६ वटा टिम सहभागि हुनेछन् । प्रतियोगितामा गोरख भेट्रान्ेस सुर्योदय नगरपालिका ५, एम सि सि भेट्रान्स फिक्कल, मेची भेट्रान्स सुर्योदय नगरपालिका ४, फेमेगुरु भेट्रान्स इलाम, पूर्वेली भेट्रान्स बिर्तामोड, दमक लखनपुर भेट्रान, दमक, जि जे युनाइटेड भेट्रान्स दार्जिलिङ्ग, बरमिक नाम्पिङ्ग भेट्रान्स सिक्किम सहभागि हुनेछन् ।

खेलकुदका माध्यमबाट पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार अन्तु पर्यटन व्यवसायी संघले प्रायोजन गरेको छ । प्रथम पुरस्कार प्रायोजन बारे अन्तु पर्यटन व्यवसायी संघका रुद्र घिमिरे आयोजक समिति बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै प्रतियोगिताको ट्रफिको पनि स्थानीय श्री बम्जन परिवार सुर्योदय नगरपालिका ५ ले प्रायोजन गरेको छ । सो प्रायोजनको पनि समझदारी पत्रमा आयोजक समितिसँग संझौता भएको हो । फुटबलल प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन पर्यटकीय क्षेत्र अन्तुको भञ्ज्याङ्गमा गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सूर्योदय नगर खेलकुद विकास समितिका सौरभ आचार्यले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । सम्मेलनमा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले संचार क्षेत्रले निरन्तर सहकार्य गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार