इलाम । इलामको रोङ गाँउपालिकामा कफी खेती बिस्तारमा तिब्रता पाएको छ । कफी खेतीका गर्न माटो र हावापानी अध्ययनसँगै प्राविधिक सहयोग गाउँपालिकाबाट भएसँगै कफि खेतीमा किसानको आकर्षण बढेको हो ।
८ सय रोपनीमा कफि खेति बिस्तार भएको रोङ गाँउपालिमा ३ सय ५० घरधुरी किसानले कफि खेती गरेका छन् । पालिकाले पछिल्लो समय कफी खेतीका लागि बार्षिक ५ लाख किलो फेस चेरी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
७५ प्रतिशत अनुदानमा कफीका विरुवा वितरण रोङ गाउँपालिकाले गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०७९÷८० मा ३५ हजार कफीको विरुवा वितरण थियो । गत आर्थिक वर्षमा २० हजार बढी कफिका विरुवा वितरण गरिएको थियो । चुरे क्षेत्र रहेको र कफि खेतीका लागि राम्रो हावापानी भएकाले खेती बिस्तार, उत्पादन वृद्धिपछि कफि पल्पर हलिङ मेसिन वितरण गर्ने गाउँपालिकाको योजना छ ।
कफिको उत्पादन वृद्धि भएसँगै रोङ गाउँपालिका भित्रै कफि उद्योग स्थापना गर्ने योजना छ । गाउँपालिकाबाट किसानलाई बिरुवामा ७५ प्रतिसत अनुदान, निशुल्क तालिम, बिमामा नेपाल सरकारको ८० प्रतिशत प्रमियममा सहयोग हुँदै आएको छ । गाउँपालिकाले २ आर्थिक वर्षमा १ लाख कफिका बिरुवा किसानलाई वितरण गरेको हो । कफिको उत्पादनमा बजारको समस्या हुन नदिन ९ जना किसानलाई नै व्यवसायीको रुपमा विकास गरिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुबासले बताए ।
नेपाल सरकारले फ्रेस चेरी, पर्चमेन्ट, ड्राइ चेरीको न्यूनतम समर्थन मुल्य तोक्ने भएकाले कफीको बिक्रिमा समस्या छैन । समुद्र सतहबाट ८ सय मिटर माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म कफि लगाइने गरेकाले रोङ गाउँपालिमा कफि खेतीका लागि उपयुक्त जग्गा प्रशस्त छ ।
विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग बढ्दो छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ ।