Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ६ २०८१


साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

इलाम । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २(१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा नेपालले दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लिएको थियो

 १८ मिनेटमा निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्‍यो। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्। भारत र भुटानले एकरएक खेल जितेका छन्। शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार