फिक्कल । इलामको देउमाई नगरपालिका डा गोविन्द केसीले सेवा दिने भएका छन् । देउमाई नगरपालिकाको केन्द्र मंगलबारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ केसीले भदौ ६ गतेबाट ८ गतेसम्म सेवा दिने भएका हुन् । नगरपालिकाको कार्यालयले सुचना जारी गरेर सम्बन्धित विरामीहरुलाई सेवा लिन जानकारी गराएको छ ।
तीन दिने स्वास्थ्य उपचार कार्यक्रमले नगर क्षेत्रका हाडजोर्नी तथा नशा रोग विरामीहरुले सहज सेवा पाउने सिनिय अहेब नारायण राउतले जानकारी दिए ।

![]()