Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

लारुम्बामा धनमाया राना साम्पाङ स्मृति महिला फुटबल प्रतियोगिता हुँदै

लारुम्बामा धनमाया राना साम्पाङ स्मृति महिला फुटबल प्रतियोगिता हुँदै

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ४ २०८१


लारुम्बामा धनमाया राना साम्पाङ स्मृति महिला फुटबल प्रतियोगिता हुँदै

माङ्सेबुङ । इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बामा धनमाया राना साम्पाङ स्मृति महिला फुटबल प्रतियोगिता हुने भएको छ। आत्मा पबित्र हक्चातद्वारा माङ्सेबुङ, इलामको आयोजनामा भदौ ८ गते देखि १० गतेसम्म प्रतियोगिता संचालन हुने भएको हो । आत्मानन्द खेलमैदानमा हुने हुने तीन दिने प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ।

प्रतियोगितामा इलाम र मोरङका कुल ८ टोलीहरूको सहभागी रहेको प्रतियोगितामा विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उप बिजेताले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मनकुमार आङबुहाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार