इलाम । बिद्यार्थी भिषामा दक्षिण काेरिया अध्ययन गर्न गएकी इलामकाे माई नगरपालिका-१ कि साेनु श्रेष्ठकाे निधन भएकाे छ । लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० बर्षिय साेनु गत फेब्रुअरीमा बिद्यार्थी भिषा (D2) मा काेरिया गएकी हुन् ।
उनी दक्षिण काेरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन। उनकाे उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएकाे छ ।
निधनको कारण खुल्न नसकेको बताइएको छ। मृतक माइली छाेरी हुन् । उनकाे दिदी र भिनाजु समेत काेरियामा नै रहेकाे माई नगरपालिका- १ का वडाध्यक्ष राम राईले जानकारी दिए ।
साेनुका बुबा लिला कुमार श्रेष्ठकाे २ महिना अघि मलेसियामा निधन भएकाे वडाध्यक्ष राईले जानकारी दिए ।
मृतक साेनुकाे शवलाई नेपाल ल्याउन १० लाख लाग्ने भएकाले परिवारकाे आर्थिक अवस्थाका कारण सम्भव नदेखिएकाे उनले जनाए ।