फिक्कल । इलामका आगामी पौष ६ गतेबाट अन्तर क्याम्पस आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पसले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको व्यवस्थापन क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखा मरब क्याम्पसले गर्नेछ ।
प्रतियोगिता आयोजनास्थलको बारेमा टुङ्गो लागेको छैन् । प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, पोखरा र काठमाण्डौका गरि ८ टिमको सहभागिता रहने स्ववियू सभापति दर्शन राईले जानकारी दिए । पुरस्कार राशीको बारेमा केही दिनपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइनेछ । प्रतियोगिता पुष १३ गतेसम्म चल्नेछ ।