Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा सव डिभिजन वन कार्यालय उद्धघाटन (फोटो फिचर)

सन्दकपुरमा सव डिभिजन वन कार्यालय उद्धघाटन (फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २ २०८१


सन्दकपुरमा सव डिभिजन वन कार्यालय उद्धघाटन (फोटो फिचर)

फिक्कल । इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा निर्मित सब डिभिजन कार्यालयको भवन उद्धघाटन गरिएको छ । करिब ५२ लाख लागतमा निर्माण सम्पन्न भएको अढाइ तले भवनको आज उद्धघाटन गरिएको हो । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ र डिभिजन वन अधिकृत दान बहादुर श्रेष्ठ संयुक्त रुपमा भवनको उद्धघाटन गरेका हुन् ।

 

भवन निर्माणको लागि सन्दकपुर गाउँपालिकाले २५ प्रतिशत लगानी उपलब्ध गराएको थियो । उक्त भवनमा ६ वटा कोठा र एउटा ठूलो हल समेत गरि ७ वटा कोठाहरू रहेका छन् । डिभिजन वन र स्थानीय तह बिच सम्झौता भई काम सम्पन्न भएको दोश्रो भवन हो । विगतको आर्थिक बर्ष देखि नै भवनमा कार्यालय संचालन गरेर छितो छरितो सेवा उपलब्ध गराएर सेवा प्रवाह गरिएको डिभिजन अधिकृत श्रेष्ठले बताए ।

उनले भवन निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने पुर्व डिभिजन अधिकृत मेघराज राई र इन्द्रमणी भण्डारीलाई समेत स्मरण गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, डिभिजन अधिकृत दान बहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार