Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

साफ यू-२० च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

साफ यू-२० च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २ २०८१


साफ यू-२० च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

इलाम ।  साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुने भएको छ। एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको थियो भने चर्च ब्वाइजसँग ३ वटा अभ्यास खेल खेलेको थियो।

घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू–ट्वेन्टी उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन। हिजो भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्यिन बन्ने दाबी गरेका छन्।

प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश छन् भने समूह बीमा भारत, भुटान र माल्दिभ्स छन्। भारी वर्षालगायत प्रतिकूल मैदानका कारण समूह चरणका सबै खेल दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको थियो।

मौसममा सुधार आए र पिच खेल्न योग्य भए सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुने सम्भावना रहेको जनाइएको छ। नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ। फाइनल भने भदौ १२ गते हुने तालिका छ।

प्रतिक्रिया
सम्बन्धित समाचार