इलाम । डिभिजन वन कार्यालय इलामले इलामका पर्यटकीय क्षेत्रमा डसबिन राखेको छ । स्थानीय तहले व्यवस्थापन गर्ने योजना अनुसार पर्यटकीय क्षेत्रमा डसबिन स्थापना गरेको हो । कोशी प्रदेश सरकारको बजेटबाट पर्यटकीय क्षेत्रमा डसबिन राखिएको हो ।
डिभिजन वन कार्यालयले इलाम जिल्लाको सदरमुकाम इलाम चोक बजार, बिब्ल्याँटे बजार, पर्यटकीय क्षेत्र कन्याम, कुटिडाँडा, सानो पाथिभरा मन्दिर, जोरकलस, इलाम नगरपालिकाको धोबिधारा र इलाम नगरपालिका ६ को वडा कार्यालयमा डसबिन राखिएको डिभिजन वन कार्यालयका प्रमुख दान बहादूर श्रेष्ठले बताए । डिभिजन वन कार्यालयले २१ वटा डसबिन राखेको हो । कुहिने, प्लाष्टिक जन्य र सिसाजन्य फोहोर संकलन गर्ने उदेश्यले डसबिन राखिएको हो ।



