चुनावमा एउटासँग गठबन्धन, सरकार निर्माणमा नयाँ समीकरण, पुनः अर्को समीकरण, पटक(पटकको सत्ता समीकरणको फेरबदलले माओवादी पार्टी र यसको नेतृत्वले आफ्नो स्वतन्त्र अस्तित्व नै गुमाउँछ कि भन्ने चिन्ता र चासो सबैमा थियो ।
एकथरीले माओवादीको औचित्य नै सकिएको हल्ला पनि पिटाए । २०६४ सालमा कांग्रेस र एमाले जोड्दा नभेट्टाउने संख्या पुर्याएर सरकार चलाएको र पटक(पटक सरकारको नेतृत्व र साझेदारी भएर गरेका कामहरूले मूल्यांकन गर्दा यो पटकको सानो संख्याले सरकारको नेतृत्व गर्दैगर्दा धेरैलाई पद मोहको निरन्तरता नै हो भन्ने लागेको थियो ।
टिप्पणी गर्न सकिने यी र यस्ता थेरै ठाउँहरू हुँदाहुँदै पनि पछिल्लो १८ महिने प्रचण्ड सरकारको काम सराहनीय नै रह्यो । सानो पार्टी, अंकगणितीय दृष्टि सधैं सशंकित हुने अवस्था हुँदाहुँदै पनि विगत दुई कार्यकाललाई उछिनेर सुशासन र सामाजिक सुरक्षाको क्षेत्रमा प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले नयाँपन ल्याउन सफल भयो ।
विगतमा कृषि र ऊर्जाबाट भएका केही कामहरू बाहेक सरकारबाट बिक्री हुने स्तरका कामहरू केही हुनसकेका थिएनन् । सुशासनको क्षेत्रमा कानुनभन्दा माथि कोही हुँदैन भन्ने मान्यता स्थापित गर्न सक्नु नै सरकारको महत्वपूर्ण उपलब्धि हो ।
प्रचण्ड नेतृत्वको सरकारले सुशासन स्थापित गर्न लिएको पहलकदमीले २०६५ पछि खस्किएको माओवादीको ग्राफलाई माथि उठाएको छ । जुनसुकै अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा अन्ततः दुई ठूला पार्टीका नेतृत्वतिरै सोझिने अवस्था आएपछि प्रचण्ड सरकार ढाल्नैपर्ने बाध्यतामा एमाले र कांग्रेसका केही नेता पुगे ।
राजनैतिक स्थायित्वको आवरणमा संविधान संशोधन र सबै अपराध लुकाउने गरी कानुन निर्माण गर्ने उद्देश्यले नयाँ सरकार बन्यो र योजना अनुरूप भ्रष्टाचार सम्बन्धी कानुन लगायत विषयमा आफू अनुकूल हुने गरी कानुन बनाउन खोजेको आरोप उनीहरूले खेपेका छन् ।
अंकगणित पुर्याए सरकार बन्ने सामान्य प्रक्रिया हो । तर केन्द्र र प्रदेश सरकारमा गठबन्धनका दलले निकै विवादित पृष्ठभूमिकालाई मन्त्री बनाए, ती विरुद्ध सडक आन्दोलन जारी छ ।
सरकारमा सहभागी भएदेखि आजसम्मका गतिविधिले सरकारमा संलग्न दलका नेता, कार्यकर्ताहरू नै असन्तुष्ट देखिन्छन् । प्रधानमन्त्री भावुक हुँदै ‘मैले किन भ्रष्टाचार गरुँ, गर्दिनँ १ पत्ताइदिनु न प्लिज’ भन्दै सार्वजनिक भाषण गर्छन् । भरे भ्रष्टाचारको मुद्दा पाँच वर्षपछि चल्न नपाउने कानुन प्रस्ताव गर्छन् । जबकि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गर्ने भ्रष्टाचार सम्बन्धी सूचकांकमा नेपालको स्थिति चिन्ताजनक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हजारौंको संख्यामा अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी पर्छ भने सयौंको संख्यामा अदालतमा मुद्दा पुग्छ ।
भ्रष्टाचारविरुद्ध लड्न अझै शक्तिशाली निकायको आवश्यकतामा बहस भइरहेका बेला भ्रष्टाचार सम्बन्धी मुद्दा पाँच वर्षपछि नचल्ने व्यवस्था प्रस्ताव गर्नु लज्जास्पद छ ।
यसबाट के स्पष्ट हुन्छ भने जनतालाई झुक्याएर राजनीति गरेकाहरू र अनेक काण्डमा फसेकाहरूलाई प्रचण्ड नेतृत्वको सरकारको सुशासनको अभियानले आतंकित नै पारेको थियो र अझै पनि आतंकित नै छन् । त्यसरी हेर्दा अहिले सरकारबाट बाहिरिएकाहरू मिसन पूरा गरेर निस्किएका विजयी जस्ता र सरकारमा जानेहरू निरीह जस्ता देखिन्छन् ।
जनता माओवादीसँग चिढिएको नामले होइनस नेताको व्यवहार, कार्यशैली र जीवनशैलीले हो । उनीहरूको ठाँटबाँट राजसी शैलीको छ अनि कसरी रुचाउँछन् ?
जनयुद्ध पछाडि निरन्तर सरकारमा रहेकाले सरकार बाहिर बसेर गर्ने राजनीति बारे माओवादी आलोकाँचो नै छ । हिजोको सरकार कस्तो रहेछ, केकेसम्म गर्दा रहेछन् भन्ने कुरा जनतालाई प्रष्ट पार्न माओवादी सफल भएको छ । तर नराम्रो देखाइदिनु मात्र सफलता होइन । त्यसको समाधान प्रधान कुरा हो ।
पार्टीभित्रका नकारात्मक विषयलाई हजारौं बुँदामा संश्लेषण गर्न सकिन्छ । आजको बहस हिजो के गल्ती भए भन्ने पनि होला तर त्योभन्दा महत्वपूर्ण बहस अब के गर्ने रु भन्ने नै हो ।
हो, माओवादी बिग्रिएको छ तर निराश हुनुपर्ने छैन । किनकि २०६४ सालपछि पुनः एकपटक सुशासन, सामाजिक न्याय र समृद्धिको नाराले सारा नेपालीलाई माओवादी झण्डामुनि गोलबन्द गर्ने वस्तुगत आधार तयार भएको छ । विचारको विकास, सांगठनिक संरचना र पद्धतिको विकास, वर्ग विश्लेषण र वर्ग संघर्षमा बहस आजको आवश्यकता हो ।
अहिले बिचौलिया, दलाल र भ्रष्टहरूले उच्चारण गर्नै नसक्ने, गर्नै नचाहने नाम बनेको छ माओवादी केन्द्र । तर तिनीहरू नै नेताको संगतमा गए, हेलमेल गरे, उपहार दिए, फकाए, काम लिए, पैसा कुम्ल्याए, भागबन्डामा अवसर पाए, प्रभावशाली नेताका शाखासन्तानलाई रिझाए, तर माओवादी पार्टीलाई मन पराएनन् ।
यसो हुँदा इमानदार, चाकडी नगर्ने अन्य खाँटी माओवादी नेता(कार्यकर्ताहरू पछि परे । जो पछि परे÷पारिए उनीहरू केही निराश बने । यी सबै अवस्थाका बावजुद तथ्य के छ भने अझै पनि माओवादी नाम उच्चारण हुँदा भित्रैबाट मुस्कुराउने धेरै अनुहार छन् । माओवादी नाम सुन्दा शहीद छोरा–छोरी सम्झेर आँसु चुहाउने आमाबुवा हुनुहुन्छ। त्यसैले नयाँ पुस्तालाई ‘माओवादी हाइहाइ’ भन्ने गराउनरबुझाउन सकिन्छ, हामी सक्छौं ।
त्यसका लागि पहिला माओवादीहरू वास्तवमै माओवादी बनौं । त्यसपछि माओवादीलाई जस्तो भन्यो त्यस्तै र जे भन्यो त्यही बनाउन सकिन्छ । माओवाद शब्द राजनीतिको बाधक हुन सक्दैन ।
जनता माओवादीसँग चिढिएको नामले होइनस नेताको व्यवहार, कार्यशैली र जीवनशैलीले हो । उनीहरूको ठाँटबाँट राजसी शैलीको छ अनि कसरी रुचाउँछन् रु हामीले जनस्तरबाट सोच्न सुरु ग¥यौं भने सबैले म माओवादी हुँ भन्नमा गर्व गर्नेछन् ।
नेतृत्वको जन्म र विकास मूलतः आन्दोलनबाट हुने गर्दछ । माओवादी पार्टी नै आन्दोलनबाट आएकाले सिङ्गो पार्टी नै नेतृत्व हो, हरेक कार्यकर्ता नेतृत्व हो । माओवादी पार्टीमा नेताको समस्या हैन । अवसर पाए अहिलेका सबै पदाधिकारी भन्दा जिल्लाको नेतृत्व तहका नेताहरूले राम्रोसँग पार्टीलाई चलाउन सक्ने ल्याकत राख्छन् । नेतृत्व आफूलाई लागेर हुने र पाइने विषय हैन ।
न त अहिले भएका नेतृत्वले कसैलाई दिएर हुने विषय हो । यसको विधि के हो त्यता छलफल गरौं । तैंले ३५ वर्ष चलाइस् अब अरूको पालो भनेर हलुङ्गो बन्न’ बनाउन पाइँदैन । तर नेतृत्व छनोटको विधि बारे बहस आवश्यक छ ।
माओवादी पार्टी जनयुद्धले जन्माएको हो, वर्गसंघर्षले जन्माएको हो । यो नेपालको एउटा वर्गको प्रतिनिधि पार्टी हो। नेतृत्वहरूको काठमाडौं बसाइँ सरेपछि यो पार्टी विस्तारै काठमाडौं सर्यो। आजसम्म आइपुग्दा माओवादी पार्टी निश्चित स्वार्थ समूहको अपहरणमै परेको छ । कहाँ(कहाँ कसरी अपहरणमा परेको छ त्यसबारे अलग्गै चर्चा गर्न सकिन्छ ।
तर अहिले पार्टीका विषयहरूलाई तल्लो तहका कमिटीमा लैजाने र तल्ला कमिटीका सुझाव अनुसार योजना निर्माण र कार्यान्वयन गर्ने मानसिकतामा कोही नेता देखिंदैनन् । बरु नेतृत्वबाटै माओवादी वर्ग, विचार, एजेण्डा, सिद्धान्तलाई अपहरण गरी फिरौती माग्दै जीउ पाल्ने मानसिकताबाट ग्रसित छौं हामी । त्यसैले अब प्रत्येक माओवादी नेता(कार्यकर्ताले सच्चिने कि सिद्धिने भनेर सोच्नुपर्ने अवस्था आएको छ ।
माओवादी पार्टीलाई हिजो पनि जनताले बचाएका हुन् । भौतिक रक्षा गर्न सक्ने जनताले हाम्रा कमी(कमजोरीलाई माफ गर्दै सिद्धान्तको रक्षा गर्न पनि जनताले साथ दिनेछन् ।वर्ग संघर्ष, राजनैतिक दृष्टिकोण, सांगठनिक पद्धतिबारे जनस्तरबाटै सुझाव संकलन गरी विशेष महाधिवेशन मार्फत संश्लेषण गरौं । देशमा सुशासन कायम गर्ने पार्टीमा विधि निर्माण र पालना गर्ने गरौं । देशभरका सबै माओवादीहरू पार्टीलाई यो जञ्जालबाट निकालेर आफ्नै वर्गमा फर्काउन कम्मर कसेर लागौं ।
लेखक माओवादी केन्द्रका नेता हुन् । अनलाइन खबरबाट