मानेभञ्ज्याङ : नेपाल–भारतको सिमाना पर्ने मानेभञ्ज्याङमा जारी तेश्रो स्वतन्त्रता कप फुटबलमा प्लेइङ सेभेन पशुपतिनगर बिजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारतको पोख्रेबुुुुुङ फुटबल एकाडेमीलाई ६–२ गोल अन्तरले हराउँदै पशुपतिनगरले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
मानेभञ्ज्याङ व्वाइजको आयोजनामा अगष्ट १ तारिकबाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका २४ टिमको सहभागिता रहेको छ । भारत स्वतन्त्रता दिवसको दिन अगष्ट १५ तारिक फाइनल हुने प्रतियोगिताको बिजेताले भारतीय रुपैया २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने छ । प्रतियोगिता सेभेन ए साइडको संचालन भइरहेको छ ।