Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

स्वतन्त्रता कप फुटबल : प्लेइङ सेभेन पशुपतिनगर क्वाटरफाइनल प्रवेश

स्वतन्त्रता कप फुटबल : प्लेइङ सेभेन पशुपतिनगर क्वाटरफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २५ २०८१


स्वतन्त्रता कप फुटबल : प्लेइङ सेभेन पशुपतिनगर क्वाटरफाइनल प्रवेश

मानेभञ्ज्याङ : नेपाल–भारतको सिमाना पर्ने मानेभञ्ज्याङमा जारी तेश्रो स्वतन्त्रता कप फुटबलमा प्लेइङ सेभेन पशुपतिनगर बिजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार भएको प्रि-क्वाटरफाइनल खेलमा भारतको सिङबुङ डेरालाई ४–१ गोल अन्तरले हराउँदै पशुपतिनगरले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

मानेभञ्ज्याङ व्वाइजको आयोजनामा अगष्ट १ तारिकबाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका २४ टिमको सहभागिता रहेको छ । भारत स्वतन्त्रता दिवसको दिन अगष्ट १५ तारिक फाइनल हुने प्रतियोगिताको बिजेताले भारतीय रुपैया २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने छ । प्रतियोगिता सेभेन ए साइडको संचालन भइरहेको छ ।

  • (यसअघि सेमिफाइनल लेखिएकोमा सच्याइएको  ) 

प्रतिक्रिया
सम्बन्धित समाचार