Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

फिल्म ‘अञ्जिला’ को रिलिज मिति सारियो

फिल्म ‘अञ्जिला’ को रिलिज मिति सारियो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २५ २०८१


फिल्म ‘अञ्जिला’ को रिलिज मिति सारियो

इलाम । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ुअञ्जिलाु को रिलिज मिति सारिएको छ। माघ ११ गते रिलिज गर्ने योजना रहेको यो फिल्म अब फागुन २९ गतेदेखि प्रदर्शनमा ल्याइने भएको हो। सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको निर्देशक मिलन चाम्सले बताए।

फिल्ममा एञ्जिला स्वयं मुख्य भूमिकामा छिन् साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरूङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन्। निर्देशक चाम्सले यो फिल्मले फरक प्रकारको छाप छाड्ने दाबी गरेका छन्। फिल्म एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथामा आधारित छ।

यसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ। यद्यपि, यो फिल्म ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको निर्देशकले स्पष्ट पारेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता प्रेम श्रेष्ठ हुन्। विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन्। फिल्ममा सुदीप बराल डिओपी र मिलन श्रेष्ठको सम्पादन छ।

प्रतिक्रिया
सम्बन्धित समाचार