Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २४ २०८१


कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो ।

प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । उनले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने पनि बताइन् । २९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार