माई । अखिल नेपाल महिला संघ माईको तेश्रो नगर अधिवेशनवाट कुलमाया सोराली गिता अध्यक्ष पदमा निर्वाचित भएकी छन्। निकटतम प्रतिस्पर्धी पुष्पा खड्का र शोभा राईलाई पछि पार्दै गिता विजयी बनेकी हुन् । गिताले ५१ मत प्राप्त गरि विजयी बन्दा शोभा र पुष्पाले १२र१२ मत प्राप्त गरेकी थिइन् । एक मत रद्द भएको अनेम संघ जिल्ला अध्यक्ष नुनुमा राईले जानकारी दिइन् ।
सुखानी सामुदायिक अध्ययन केन्द्रमाई(४ को सभा हलमा सम्पन्न अधिवेशनवाट अन्य पदमा भने सर्वसम्मत भएको छ । अधिवेशनवाट उपाध्यक्षमा कमला गजमेर, सचिवमा रञ्जना राई, उपसचिवमा सनमाया तामाङ, र उपसचिवमा सरिमाया मगर चयन भएकी छन् ।
त्यस्तै सदस्यहरूमा वीरमाया भट्टराई, कल्पना देवी ढुंगेल, सुस्मिता तामाङ, टङ्कमाया बोहरा, लक्ष्मी बराइली, दिपा खरेल, सुखमाया तामाङ, सुष्मा राई, सितादेवी पौडेल, रुपा बिक, इन्दिरा कार्की, मुनादेवी लुइटेल,दिलमाया तामाङ, रेनुका राई, दिलमाया गिरी, रेश्मा राई, उमा बस्नेत, शनिमाया शेर्मा, कमला सुवेदी र रुपा लिम्बु सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनमा अनेम संघ केन्द्रिय सदस्य विष्णुमाया खवास, भुमिका आचार्य, प्रदेश कमिटी सदस्य तिर्थ ढकाल, अनेम संघ जिल्ला अध्यक्ष नुनुमा राई, एमाले जिल्ला उपसचिव विष्णुमाया आचार्य, जिल्ला कमिटी सदस्यहरु मुखराज आङदेम्बे, शिव भण्डारी, कुमारी रैका, शान्ता थेगिम, एमाले माई नगर कमिटी निवर्तमान अध्यक्ष एवम माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, आयोजक कमिटी अध्यक्ष नरेन्द्र खड्का, सचिव हेम वहादुर लायो मगर लगायतको सहभागीता रहेको थियो।