Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोगी (तस्बिरहरु)

सन्दकपुरमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोगी (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन १९ २०८१


सन्दकपुरमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोगी (तस्बिरहरु)

सन्दकपुर (माबु) । १२ महिना नै फुटबल प्रतियोगिता हुन थालेपछि इलामको सन्दकपुर गाउँपालिकामा खेलकुदका माध्यमबाट प्रर्यटन प्रवद्र्धन हुन थालेको छ । वर्षातको झरिपछिको हिलो र हिउँदको झुलोमा पनि फुटबल प्रतियोगिता हुँदा आन्तरिक बाह्य पर्यटकको आकर्षणको माध्यम भएको हो । असारको २२ बाट साउनको २ गतेसम्म सन्दकपुर ४ को माबुमा राँके फुटबल प्रतियोगिता आयोजना भयो । झमझम झरिसँगै घनघोर वर्षा हुँदापनि राँके फुटबल प्रतियोगितामा सहभागि हुने सबै फुटबल क्लबको उपस्थितिले दर्शकको भिड बढ्यो ।
वर्षातको वास्था नगरि छाता ओडेर दैनिक १ हजार जनासम्म दर्शकको उपस्थिति मेलामा हुन्थ्यो । प्रतियोगिताबाट आनन्द लिन नेपालसँगै भारतबाट पनि दर्शक र पर्यटकको उपस्थिति थियो । २०१६ सालबाट शुरु भएको राँके फुटबल प्रतियोगितासँगै मेला पनि लाग्ने गरेको सन्दकपुर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ्गले बताउनुभयो ।
सरकारी पात्रो अनुसार एक आर्थिक वर्षको अन्त्यबाट शुरु हुने राँके फुटबल प्रतियोगिता नयाँ आर्थिक वर्षको साउन २ मा समापन हुन्छ । राँके फुटबल प्रतियोगिताको समापन साउन २ बाट नै सन्दकपुर गाउँपालिकामा फुटबल प्रतियोगिताको सिजन शुरु भएको मानिन्छ ।
भारतसँग सिमा जोडिएको र १५ बढी पर्यटकीय गन्तव्य रहेको सन्दकपुरमा भारतबाट फुटबल क्लब र दर्शकको ओहिरो नै लाग्ने गरेको छ । फुटबल खेलसँगै रैथाने खाध्यबालीको स्वादमा रमाउन पाइने र मेला पनि लाग्ने भएकाले फुटबल प्रतियोगिता पर्यटनको माध्यम भएको हो । फुटबलको माध्यमबाट पर्यटन प्रवद्र्धन हुने भएपछि गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
छाँगे, टोड्के, राँके, कागे, टारी, सन्दकपुर गोल्डकपसँगै १४ वटा फुटबल प्रतियोगिता सन्दकपुर पालिकामा १ वर्षमा हुन्छ । फुटबल प्रतियोगिता आयोजनाले युवाहरु लागुऔषधबाट जोगीन सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले जानकारी दिनुभयो । सन्दकपुर गाउँपालिका स्थायी घर भएका ४ जना खेलाडी राष्ट्रिय टिममा समावेस भइ फुटबल खेलिसकेका छन् ।

DCIM100GOPROGOPR7515.JPG

DCIM100GOPROGOPR7591.JPG

DCIM100GOPROGOPR7610.JPG

DCIM100GOPROGOPR7611.JPG

DCIM100GOPROGOPR7654.JPG

प्रतिक्रिया
सम्बन्धित समाचार