Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

उड्नेबित्तिकै खस्यो सौर्यको जहाज

उड्नेबित्तिकै खस्यो सौर्यको जहाज

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन ९ २०८१


उड्नेबित्तिकै खस्यो सौर्यको जहाज

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्। विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार