Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फिलिपिन्समा पदक जित्ने कराते खेलाडी सम्मानित

फिलिपिन्समा पदक जित्ने कराते खेलाडी सम्मानित

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ७ २०८१


फिलिपिन्समा पदक जित्ने कराते खेलाडी सम्मानित

फिक्कल । फिलिपिन्समा भएको अन्तरराष्ट्रिय सुरिदोकप च्याम्पियनसिप तथा फिलिपिन्स–नेपाल फ्रेन्डसिप सोलीडारिटी कप करातेमा पदक जित्ने खेलाडीहरु सम्मानित भएका छन् । गत जुलाई २ देखि ७ गतेसम्म फिलिपिन्सको राजधानी मनिलामा भएको प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरु उत्तर बाहिनी स्कुल गोकर्णेश्वरमा सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा स्वर्ण पदक जित्ने देवयानी डाँगी, आयन भण्डारी क्षेत्री तथा काँस्य पदक प्राप्त गर्ने विपिन गुरुङलाई सम्मान गरिएको छ । गुरुपूर्णिमाको अवसरमा उनीहरुसंगै अन्य ३ जना समेत सम्मानित भएका छन् । सम्मान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महत, कराते संघका कजेन्द्र बहादुर क्षेत्री, राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक छोनाम लामा, र योगेन्द्र कोइराला लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार