Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एसईई ग्रेडबृद्धि परिक्षाका लागि इलाममा ७ केन्द्र

एसईई ग्रेडबृद्धि परिक्षाका लागि इलाममा ७ केन्द्र

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ७ २०८१


एसईई ग्रेडबृद्धि परिक्षाका लागि इलाममा ७ केन्द्र

फिक्कल । आगामी साउन २३ गते हुने एसईई ग्रेडबृद्धि परिक्षाका लागि ७ वटा केन्द्र तोकिएको छ । शिक्षा समन्वय इकाई इलामका अनुसार विद्यालयहरुको सहजताका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकाका विद्यालयहरुमा केन्द्र तोकिएको छ । अमर मावि बरबोटेमा इलाम नगरपालिकाका सवै विद्यालयका पुरक परिक्षामा सहभागी विद्यार्थीहरुका लागि केन्द्र तोकिएको छ ।

आर्दश मावि इलाम क केन्द्रमा माई नगरपालिकाका सवै विद्यालयहरुको परिक्षा केन्द्र तोकिएको छ । आर्दश मावि ख केन्द्रमा सन्दकपुर गाउँपालिका, चुलाचुली गाउँपालिकाका सबै विद्यालय र प्राविधिक धारका सवै विद्यार्थीहरुका लागि केन्द्र तोकिएको छ । करफोक माविमा सूर्योदय नगरपालिकाका सवै विद्यालयहरुको केन्द्र, फिक्कल माविमा माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिकाका विद्यालयका लागि केन्द्र तोकिएको छ ।

भानुभक्त मावि मंगलबारे क केन्द्र देउमाईमा फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका विद्यालयका लागि केन्द्र तोकिएको छ । भानुभक्त मावि ख केन्द्रमा देउमाई नगरपालिकाका विद्यालयहरुका लागि केन्द्र तोकिएको छ । इलाममा ३ हजार ४ सय ३७ जना विद्यार्थी एसईईमा सहभागि भएकोमा १ हजार ७४ जना (३१.२५%) उर्तिण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार