फिक्कल । मृगौला रोगबाट पिडित इलामको माईजोगमाई गाउँपालिका–६ प्याङका कर्मराज नेम्वाङले सहयोगको अपिल गरेका छन् । विगत लामो समय देखि विरामी परेका नेम्वाङको हाल मदरल्याण्ड हस्पिटल प्रा.लि पेप्शीकोला चोक काठमान्डौमा मृगौला डाईलाईसीस भइरहेको छ । निजको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आर्थिक सहयोगको अपिल गरिएको हो ।
७० बर्षिय नेम्वाङ विगत २ महिना भन्दा लामो समय देखि विरामी परेर उपचाररत रहेका छन् । हालसम्म उपचारको लागि १० लाख १६ हजार भन्दा बढि खर्च भइसकेको छ । थप उपचारको लागि आर्थिक श्रोतका लागि उनको परिवारले अपिल गरेका छन् । सहयोग गर्न चाहनेले परिवारको सदस्य अप्सरा नेम्वाङको सिद्धार्थ बैंकमा रहेको खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।
