चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाका सबै वडाहरुलाइ एउटै सडक ले जोडने भएको छ । जस अनुसार वडा नं १ मा कालोपत्रे सडकहरुको निर्माण कार्य तिव्र रुपमा भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा एक करोड ९० लाख ८९ हजार रुपैयाको लगानीमा बाग्द्वार खोला देखी किराँत माङहिम हुँदै शिवज्योती आधारभुत बिद्यालय सम्म ११ वटा कल्भर्ट र ५४ मिटरको ड्रेन सहित ८५० मिटर कालो पत्रे सम्पन्न गरिएको थियो ।
गत आर्थिक बर्ष २०८०/८१ मा सोही सडक लाई निरन्तरता दिदै शिवज्योती आधारभुत बिद्यालय देखी वडा कार्यालय जाने चौबाटो सम्म ४ वटा कल्भर्ट ३ वटा क्रसड्रेन सहित ७ सय ५६ मिटर कालोपत्रे एक करोड दुइ लाखको लगानी मा निर्माण सम्पन्न भएको छ । चुलाचुली गाउँपालिका मार्फत सन्चालन गरिएको चुलाचुली मार्ग कालोपत्रे अन्तरगत दुई आर्थिक वर्ष मा ३ करोड भन्दा धेरै बजेट १ नम्बर वडा मा लगानी भएको छ ।
चालु वर्ष २०८१/८२ मा सहिद धिरेन–माङतोक मार्गको कालोपत्रे का लागी कोशी प्रदेश सरकारले एक करोड पचास लाख रुपैया बिनियोजन गरेको छ । चुलाचुली गाउँपालिकाको सुगम वडाका रुपमा मानिएको वडा नम्बर एक मा कालोपत्रे सडक विस्तारमा तिव्रता पाएपछि स्थानीय हर्षित छन् । स्थानिय छत्रहाङ जबेगुका अनुसार मापदण्ड र गुणस्तर को त्यती राम्रो ज्ञान नभएता पनि निर्माण कम्पनीले जती सक्दो कामको गुणस्तर भने दिन खोजेको बताए ।
चुलाचुली गाउँपालिका मार्फत सन्चालन गरिएको चुलाचुली मार्ग कालोपत्रे अन्तरगतको आ व २०८०÷८१ मा सम्पन्न भएको काममा प्रयोग भएका कच्चा पदार्थहरु गुणस्तरिय रहेको चुलाचुली–१ का वडा सचिब तथा प्राविधिक गोबिन्द ढकाल बताउँछन् । चुलाचुली गाउपालिका वडा नम्बर १ मा रहेका कच्ची र पक्की ४६ वडा मार्गहरु मा यो नै पहिलो कालोपत्रे बाटो हो ।
चुलाचुली गाउँपालिका भित्र कालोपत्रेले नछोएको वडा नम्बर १ मा समेत कालोपत्रे बाटोहरु निर्माण गर्न आफु स्थानीय सरकारमा आएपछि सुरु भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ बताउँछन् ।