Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करफोक क्याम्पस प्रमुख कट्टेल पूर्वाञ्चल विश्वविद्यालय विद्या परिषद सदस्यमा मनोनित

करफोक क्याम्पस प्रमुख कट्टेल पूर्वाञ्चल विश्वविद्यालय विद्या परिषद सदस्यमा मनोनित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन ४ २०८१

करफोक क्याम्पस प्रमुख कट्टेल पूर्वाञ्चल विश्वविद्यालय विद्या परिषद सदस्यमा मनोनित

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१२ मा रहेको करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसका प्रमुख गोपाल कट्टेल पूर्वाञ्चल विश्वविद्यालय विद्या परिषद सदस्यमा मनोनित भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय उप–कुलपतिको कार्यालयले कट्टेललाई परिषदमा मनोनित गरेको हो ।

उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाका अनुसार पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ (पैतिसौ सभा सम्मको संशोधन सहित) को खण्ड (क) परिच्छेद ९ नियम ४३ (२) घ बमोजिम कला संकाय अन्र्तगत विद्यापरिषदको सदस्यमा मनोनित गरिएको जनाइएको छ । २०८० असार ३१ गतेबाट लागु हुने गरि आगामी ३ बर्षको कार्याकाल रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार