Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

  • सन्देश सम्बाददाता
  • आइतबार, असार ३१ २०८१


केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार