Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सुकेपोखरी लौहाकिल पाटेनागी क्षेत्रमा पदमार्ग निर्माण (तस्बिरहरु)

सुकेपोखरी लौहाकिल पाटेनागी क्षेत्रमा पदमार्ग निर्माण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार २१ २०८१


सुकेपोखरी लौहाकिल पाटेनागी क्षेत्रमा पदमार्ग निर्माण (तस्बिरहरु)

पाँचथर (सुकेपोखरी) ।पूर्वी नेपालको पर्यटकीय क्षेत्र सकुेपोखरी लौहाकिल पाटेनागी क्षेत्रमा पदमार्ग निर्माण भएको छ । सुकेपोखरीबाट लौहाकिल पाटेनागी हुँदै बिखेभञ्ज्याङ्ग जोड्ने पदमार्ग निर्माण गरिएको हो । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ्ग र झापा जिल्ला कार्यक्षेत्र रहेको नेपाल सरकारको केचना कंचनजंघा पर्यटन विकास समिति मार्फत पदमार्ग निर्माणको काम सम्पन्न भएको हो ।

केचना कंचनजंघा पर्यटन विकास समितिको ५ लाखमा ३ सय मिटर पदमार्ग निर्माण भएको हो । पदमार्गको समितिका कार्यकारी निर्देशक केशव कुमार द्यौराली, समितिका बोर्ड सदस्य सुजन तिमसिना, बिरेन्द्र बास्कोटा, पत्रकार खेमराज ढकाल सहित फिदिम नगरपालिका १४ का वडाअध्यक्ष राजकुमार नेम्बाङ, कार्यपालीका सदस्य कामना राई सहितको टोलीले पदमार्ग निर्माणको अनुगमन गरिएको छ । सुकेपा्ेखरी हुँदै इलामको छिन्टापुसम्म पदमार्गमा जोड्ने योजना अनुसार क्रमागत रुपमा पदमार्ग निर्माण गरिएको केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । समितिले पदमार्गलाई जोड्न प्राथमिकताका साथ काम गर्ने र प्रवद्र्धनका काम पनि गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार