Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

विवाद टुंग्याएर तत्काल निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल

विवाद टुंग्याएर तत्काल निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल

  • सन्देश सम्बाददाता
  • आइतबार, असार १७ २०८१


विवाद टुंग्याएर तत्काल निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल

काठमाडौं । नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले विवाद टुङयाएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् । आइतबार पूर्वअध्यक्षहरुले एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसहित केन्द्रीय समिति समक्ष अनुरोध गरेका हुन् । महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार यस्तो अपिल गरेका हुन्।

‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरुमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं’ अपिलमा उनीहरूले भनेका छन् । अपिलमा महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराइएको छ ।

यस्तै अपिलमा महासंघका सदस्यहरुले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरुले गर्नसक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत सदस्यहरुमा अपिल गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार