Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रथम रोङ गट ट्यालेन्ट क्वाटरफाइनल राउन्ड सम्पन्न

प्रथम रोङ गट ट्यालेन्ट क्वाटरफाइनल राउन्ड सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १४ २०८१


प्रथम रोङ गट ट्यालेन्ट क्वाटरफाइनल राउन्ड सम्पन्न

रोङ । प्रथम रोङ गट ट्यालेन्ट अन्तर्गत प्रतिस्पर्धात्मक दोस्रो चरण अर्थात क्वाटरफाइनल राउन्ड सम्पन्न भएको छ । बुधबार भएको प्रतिस्पर्धात्मक चरण बाट नृत्य बिधा मा ५१ जना प्रतिस्पर्धि बाट १५ जना र गायन बिधा तर्फ २७ प्रतिस्पर्धि बाट १० जना सेमिफाइनलमा प्रवेश गरेका छन् । कबिता बिधामा भने यस अघि नै १८ प्रतिस्पर्धि सेमिफाइनलमा छनोट भइसकेको प्रतिभा छनोट निर्देशक समितिका सदस्य डायमण्ड तिम्सिना ले जानकारी दिए ।

रोङको ग्रामिण भेगमा बिभिन्न कारणले पछाडि परेका र लुकेर रहेका बिभिन्न प्रतिभा हरुलाई उजागर गर्न र प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम संचालनमा ल्याएको रोङ गाउँपालिका का अध्यक्ष मनिकुमार स्याङ्बो बताए । ३१८ प्रतिस्पर्धि देखि सुरु भएको रोङ गट ट्यालेन्ट मा फाईनलमा सबै बिधा नृत्य ,गायन र कबिता प्रत्येक बिधाबाट ५÷५ जना जाने र प्रथम, द्वितीय र तृतीय छानिने निर्देशन समितिका संयोजक प्रमिस राईले बताए ।

फाईनल राउन्ड असारको २२ गते शनिबार पाथिभरा बहुद्धेश्य सहकारी (पामकोल) रोङ–३ कोल्बुङको प्राङ्गणमा भब्य कार्यक्रमका साथ सम्पन्न हुनेछ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने प्रत्येक बिधाका बिजेतालाई क्रमश नगद ३० हजार, २० हजार र १० हजार मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार