Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा १५ शैय्याकाे अस्पताल निर्माण कार्य सुरु हुने

माङसेबुङमा १५ शैय्याकाे अस्पताल निर्माण कार्य सुरु हुने

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १४ २०८१


माङसेबुङमा १५ शैय्याकाे अस्पताल निर्माण कार्य सुरु हुने

माङसेबुङ । माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ ।

गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व। २०८१/८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ -‘सबैलाई सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ ३ मनिपुरमा जग्गा प्राप्ति समेत भईसकेको र अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढिसकेकोले अस्पताल निर्माण कार्यलाई गति दिइनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार