Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयका दुई सय ७२ किसानलाई मिनी टेलर वितरण

सूर्योदयका दुई सय ७२ किसानलाई मिनी टेलर वितरण

  • सन्देश सम्वाददाता
  • बुधबार, असार १३ २०८१


सूर्योदयका दुई सय ७२ किसानलाई मिनी टेलर वितरण

इलाम– इलामको सूर्योदय नगरपालिकाले किसानलाई चिया टिप्ने मेसिन वितरण गरेको छ । अहिले प्रयोगमा रहेको पेट्रोलबाट चल्ने मेसिनले चियाको गुणस्तरमा असर पर्ने भएकाले ब्याट्रीबाट चल्ने मेसिन किसानलाई उपलब्ध गराइएको सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बताए । ‘अब चियालाई पूर्ण रूपमा अर्गानिक नगरिए विश्व बजारमा बिक्रीमै समस्या हुने निश्चित छ । किसानको श्रमको मूल्य बढाउने र गुणस्तरमा पनि असर नहुने काममा हामी सचेत छौं, किसानलाई पहिलो पटक यो मिनी टेलर (हाते मेसिन) वितरण गरेका छौं,’

राईले भने, ‘नयाँ मेसिन भएकाले किसानलाई मेसिन चलाउने र बिग्रियो भने मर्मतको तालिम पनि दिनेछौं ।“  राईले दुई दिनअघि भारतको सिलिगुढीमा आयोजना भएको चियासम्बन्धी कार्यक्रममा नेपाली चियालाई विषादी हुन्छ कि भनेर शङ्काको दृष्टिले हेर्ने गरिएको कोलकाताका महावाणिज्यदूतले बताएको जानकारी दिए ।

‘पहिला भारतको केन्द्रीय खाद्य प्रयोगशाला (सिएफएल) मार्फत् नेपाली चिया परीक्षण गरिन्थ्यो, अब जाँच अलि सहज बनाउने र भारतीय टी बोर्डले पनि नेपाली चियामा चासो लिएको कुरा त्यो कार्यक्रममा छलफल भयो,’ राईले भने, ‘अब नेपाली चियालाई पूर्ण अर्गानिक गरेर गुणस्तरीय उत्पादन गर्नुको विकल्प हामीसँग छैन । किसान यो विषयमा सचेत हुनुपर्छ ।’

नगरपालिकाले दुई सय ७२ घर–परिवारलाई हुनेगरी ५० प्रतिशत अनुदानमा यो मेसिन दिएको हो । करिब ४० लाख रुपैयाँ लागतमा दुई सय ७२ वटा चिया टिप्ने मिनी टेलर किसानलाई उपलब्ध गराइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार