Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा सुरक्षित आप्रवासन (सामी) को अभिमुखिकरण

माईमा सुरक्षित आप्रवासन (सामी) को अभिमुखिकरण

  • सन्देश सम्वाददाता
  • बुधबार, असार १३ २०८१


माईमा सुरक्षित आप्रवासन (सामी) को अभिमुखिकरण

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका, वैदेशिक रोजगार जाने तयारी रहेका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा हकहित संरक्षण नगर स्तरीय समिति स्थानीय गठन माई नगरपालिकामा सम्पन्न भएको छ। माई नगरपालिकाको सभाहलमा सम्पन्न अन्तरक्रिया उद्घाटन कार्यक्रममा प्रमुख अतिथी माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्बकर्माले विश्व बजारमा श्रमको अबसर कहाँ छ भन्ने वारेमा जानकारी आदन प्रदान हुनुपर्ने धारणा राखे ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा सिप, दक्षता हासिल गर्न आग्रह गर्नुहुदै सिप भएका र स्वदेशमै केही गर्छौ भन्नेहरुलाई नगरपालिकाले सहयोग गर्ने जानकारी दिए ।
बिशेष अतिथी माई नगरपालिका–३ का वडाध्यक्ष देउकुमार तामाङले वैदेशिक रोजगारीमा हुने समस्या र चुनौतीका वारेमा आफ्ना अनुभव सहितका धारणा राखेका थिए ।

माई नगरपालिका रोजगार संयोजक हिमाल तिम्सिनाले कार्यक्रमको महत्व र माईको अबस्थाका वारेमा जानकारी गराएका थिए। आप्रावासी कामदारहरुको जिल्ला स्तरीय सञ्जाल इलामका उपाध्यक्ष टिकाराम वराईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका गणेश प्रसाद श्रेष्ठ र नविन सुन्दर शेर्माले सहजीकरण गरेका थिए ।

सामी कार्यक्रमका मुख्य सेवाहरु सिप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता, न्यायमा पहुच र सुचना तथा परामर्श रहेका छन ।कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रशिक्षक गणेश प्रसाद श्रेष्ठले बताए ।

यसै विच बुद्धराज योङहाङ लिम्बुको अध्यक्षतामा ११ सदस्यीय माई नगर स्तरीय समिति आप्रावासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा रुक वहादुर मगर, सचिवमा सुक वहादुर राई, सहसचिवमा दिपेश राई र कोषाध्यक्षमा तिर्थकुमारी राई रहेका थिए ।

समितिको सदस्यहरुमा शुक्रराज नेम्बाङ्ग, वीरवहादुर सिन्चुउरी लगायत रहेका थिए । समितिमा माई वडा नम्वर २, ८, ९ र १० वाट सदस्य मनोनित गर्न वाँकी रहेको नवगठित समितिका अध्यक्ष लिम्बुले जानकारी दिए । माई नगरपालिकाका रोजगार संयोजक हिमाल तिम्सिना र रोजगार सहायक समिर योङहाङ्ग लिम्बुको संयोजन एवम व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार