सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले ४१ करोड भन्दा बढिको बजेट ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ४१ करोड ७ लाख ६ हजार रुपैयाको बजेट ल्याएको हो ।
पालिकाले आर्थिक विकास तर्फ ७ करोड ५१ लाख (१८.२%) बजेट ल्याएको छ । सामाजिक विकास तर्फ १६ करोड ५८ लाख ५० हजार (४०.५%), पुर्वाधार विकास क्षेत्रमा ८ करोड ५९ लाख १३ हजार (२०.९%) बजेट ल्याएकाे हाे ।
त्यस्तै वन वातावरण क्षेत्र तर्फ ३२ लाख ५० हजार (०.८%), संस्थागत विकास तर्फ ८ करोड ५ लाख ८५ हजार (१९.६%) बजेट सार्वजनिक गरेको हो । गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बजेट प्रस्तुत गरे ।