Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुमको बजेट ५९ करोड (पूर्णपाठसहित)

फाकफोकथुमको बजेट ५९ करोड (पूर्णपाठसहित)

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १२ २०८१


फाकफोकथुमको बजेट ५९ करोड (पूर्णपाठसहित)

इलाम– इलामको फाकफोकथुम गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५९ करोड १० लाख रुपैयाँबराबरको बजेट अनुमान गरेको छ । यसमध्ये चालुतर्फ ३४ करोड १६ लाख र पुँजीगततर्फ २४ करोड ९४ लाख रुपैयाँ छ । १६औं गाउँसभामा अध्यक्ष दीपेन्द्र खनालले नीति तथा कार्यक्रम र उपाध्यक्ष कल्पना राईले बजेट प्रस्तुत गरे ।

आउँदो वर्षको नीति तथा कार्यक्रममा पालिकाले पशु विकासको क्षेत्रगत कार्ययोजनालाई अघि बढाई नश्ल सुधार, गोठ सुधार तथा पशु बिमा कार्यक्रमलाई सशक्त बनाउने उल्लेख गरेको छ । किसानको आयमा वृद्धि गरी पशुधनमा आउने विपदबाट किसानलाई पर्नजाने क्षति व्यवस्थित गर्ने कामलाई प्राथमिकता दिइएको छ ।

यस्तै, मागमा आधारित कृषि तथा पशु फार्म लक्षित कार्यक्रमलाई प्रोत्साहन गर्दै कृषिको आधुनिकीकरण, पकेट क्षेत्रको विकास, बीउ–बिजन उत्पादन तथा व्यवसायीकरण र यान्त्रीकरण पनि पालिकाको प्राथमिकतामा छ । खाद्य बाली तथा रैथाने बालीको उचित संरक्षण तथा संवर्धन गर्दै स्थानीय तहमा उत्पादित कृषिउपजको बजारीकरणमा सहयोग गर्ने, सडक, सिँचाइ, खानेपानी, विद्युत् संरचना निर्माण र स्तरोन्नति गर्ने पनि कार्यक्रममा उल्लेख छ ।

शैक्षिक गुणस्तरमा सुधार, दीगो संरचना निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, सामाजिक, आर्थिक विकासमार्फत् जीवनस्तरमा वृद्धि, सार्वजनिक प्रशासन र सेवाप्रवाहमा सुधार तथा सुशासनमा जोड, रोजगारीका अवसर सिर्जना प्राथमिकतामा छन् । महामारी रोकथाम तथा न्यूनीकरण, स्वास्थ्य सेवाको पहुँच गुणस्तरमा सुधार, नयाँ उद्यमी सिर्जना तथा प्रोत्साहन र दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्ने कार्यक्रमसमेतलाई प्राथमिकता दिएको पालिकाले जनाएको छ ।
यस्तो छ, फाकफोकथुम गाउँपालिकाको आउँदो आर्थिक वर्षको बजेट, नीति र कार्यक्रम :

fakfokthum full

प्रतिक्रिया
सम्बन्धित समाचार