इलाम– इलामको रोङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । १७औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन् । रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानका कार्यक्रमसहितको बजेट ल्याएको छ ।
https://drive.google.com/file/d/1HRH8GGvE5Wrxh_S6ENgHZQxKxRK1UcKX/view