Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरको बजेट एक अर्ब १९ करोड (पूर्णपाठसहित)

इलाम नगरको बजेट एक अर्ब १९ करोड (पूर्णपाठसहित)

  • सन्देश सम्वाददाता
  • आइतबार, असार १० २०८१


इलाम नगरको बजेट एक अर्ब १९ करोड (पूर्णपाठसहित)

इलाम– इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १९ करोड २७ लाख रुपैयाँबराबरको आय–व्यय अनुमान गरेको छ ।
आज सुरु १५औं नगरसभामा उपमेयर विष्णुकुमारी दाहाल लिम्बूले सामाजिक विकासतर्फ ४९ प्रतिशत, पूर्वाधार विकासमा २६ प्रतिशत, चालु खर्च १४ प्रतिशत, आर्थिक विकासतर्फ छ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तीन प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई प्रतिशतको बजेट सार्वजनिक गरिन् ।
बजेटमा मौजुदा करको दरभन्दा दायरा बढाउने नीति लिइएको, राजस्व असुलीमा प्रभावकारिता कायम तथा सम्भावित चुहावट नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने रणनीति लिइएको उनले जनाइन् ।
‘नयाँ करका क्षेत्र पहिचान गरी राजस्व आधार बढाउने नीति लिइएको छ,’ उनले भनिन्, ‘कर सहुलियत तथा छुटमार्फत् कर सहभागिता वृद्धि गर्ने रणनीति छ ।’ उनले सामाजिक रूपमा संरक्षण गर्नुपर्ने वर्गलाइ छुट र सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको पनि बताइन् ।

ilam nagar full(1)

 

प्रतिक्रिया
सम्बन्धित समाचार