फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा सवारी दुर्घटना भएको छ । पाँचथरको रवीबाट फुएतप्पा हुँदै इलाम सदरमुकाम आउने मे १ ज ३१६० नम्बरको बोलेरो आङ्चेरे लघुबित्त पावहाउसको नजिकै गोलाईमा पल्टीएको सवार यात्रु अर्जुन गोदारले जानकारी दिए । अन्दाजी ८ बजेको समयमा सडकबाट चिप्लिएर पल्टिएको थियो ।
दुर्घटनाबाट मानविय क्षति नभएको चालक सुमन रम्तेलले जानकारी दिए ।
