सन्दकपुर । सन्दकपुर गाउपालिका कृषि शाखाले ५० प्रतिशत लागत साझेदारिमा उपलब्ध गराएको प्याजको बिऊबाट वडा नम्बर ३ का किसान प्रकाश पराजुलीले ६० मन प्याज उत्पादन गरेका छन् । गाउँपालिकाको कृषि शाखाबाट चालु आर्थिक वर्षको कात्तिकमा ३ सय ग्राम बिऊ प्रदान गरेको थियो । गाउँपालिकाले प्रदान गरेको बिऊ मध्ये २ सय ग्राम बिऊ पराजुलीले रोपण गरेका थिए । बाँकी एक सय ग्राम छर छिमेकमा बितरण गरेका थिए ।
२ सय ग्राम बिऊबाट नर्सरी बनाएर पराजुलीले ३ रोपनी जग्गामा प्याज रोपण गरेका पराजुलीले ६५ मन प्याज उत्पादन गरेका थिए । उत्पादन भएको प्याजमध्ये ६० मन घरबाटै व्यवसायीलाई बिक्रि गरेका हुन् । उनले २ हजार २ सय रुपैयाँमा प्रतिमन प्याज बिक्रि गरेका हुन् ।
व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका पराजुलीले उन्नत जातको प्याजको बिऊ बिक्रिबाट गरिएको आम्दानीले खुशि रहेको बताए । उनले सन्दकपुर गाउँपालिका कृषि शाखालाई विषेश धन्यवाद दिदै यस्ता कार्यक्रम लाई निरन्तरता दिई कृषकको आयआर्जन वृद्धिमा सहयोग पुर्याउन आगामि आर्थिक वर्षमा किसान मैत्री कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
