Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा इलाममा योगाभ्यास (तस्बिरहरू)

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा इलाममा योगाभ्यास (तस्बिरहरू)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार ८ २०८१


अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा इलाममा योगाभ्यास (तस्बिरहरू)

इलाम । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ ।

यस अवसरमा आज इलाममा योगाभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको आयोजनामा जिल्ला प्रहरी कार्यालय इलामको कर्बड हलमा योग अभ्यास गरिएको हो । कार्यक्रममा सहभागीहरूले योगका विभिन्न अभ्यास गरेका थिए । योग गरौ स्वस्थ्य रहौँ मुल नाराका साथ आयोजना भएको योग अध्यास कार्यक्रममा द आर्ट अफ लिभिङका योग गुरु यादव राउत र मनिका लकान्द्रिले योग अभ्यास गराएका थिए ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।  योग अभ्यासमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ सुरक्षा निकायका अधिकृत, जवानहरु र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार