इलाम । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना समापन समारोह इलाममा सम्पन्न भएको छ । पशुजन्य पदार्थहरुको उत्पादकत्व तथा मूल्य श्रृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु दूध, मासुमा आधारित साना किसान तथा उद्यमीहरु लगायतको समानुकूलतालाई सुधार गर्ने उद्देश्यले विश्व बैङ्कको ऋण सहयोगमा २०७४ सालबाट संचालनमा आएको लाइभस्टक सेक्टर इनोभेसन आयोजना इलाममा समापन भएको हो ।
आयोजनाबाट इलाममा संचालन भएका उप आयोजनाहरुको कार्यप्रगति विवरण सहित स्थानीय तहका पशु सेवा शाखाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र इलाम र झापाकी प्रमुख सितल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उप आयोजना संचालन र कार्यक्रप्रगतिका बारेमा आयोजना प्रमुख डा सुधिर कुमार सिंहले जानकारी गराएका थिए ।
कार्यक्रममा आयोजना संचालन भएपछि भएको प्रगतिका बारेमा उप आयोजना संचालनहरुको आफ्नो अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा इलामका १० वटै स्थानीय तहका पशु सेवा शाखाका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
नेपाल लाइभइस्टक सेक्टर इनोभेशन आयोजना
कोशि प्रदेशमा पशुजन्य पदार्थहरुको उत्पादकत्व तथा मूल्य श्रृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु दूध, मासुमा आधारित साना किसान तथा उद्यमीहरु लगायतको समानुकूलतालाई सुधार गर्ने उद्देश्यले विश्व बैङ्कको ऋण सहयोगमा लाइभस्टक सेक्टर इनोभेसन आयोजना कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्तगतको राष्ट्रिय स्तरको आयोजना हो ।
पछिल्ला दिनमा कोशि प्रदेशका किसानहरु व्यवसायिक पशुपालनमा आर्कषित हुन थालेका छन् । विगतमा परम्परागत शैलीमा घरायसी प्रयोजनका लागि पशुपालन गर्दै आएका किसानहरु यति खेर कोहि नीजि फर्म त कोही सहकारिताको माध्यमबाट फर्म दर्ता गरेर उन्नत पशुपालनतर्फ आकर्षित भएका हुन् । विशेष गरी नेपालको पशुपालनको सुदृढीकरण गर्दै नविन प्रविधिबाट दुग्ध र दुग्धजन्य पदार्थ, खसी बोकाको मासु उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य सहित नेपाल लाइभ स्टक सेन्टर इनोभेसन आयोजना संचालित छ ।
आयोजनाले गाई, बाख्रापालन र घाँसखेतीमा ५० प्रतिशत अनुदान दिन थालेपछि कोशि प्रदेश का गाईपालन र बाख्रापालक किसानहरु उत्साहित भएका छन ।
नेपाल लाइभ स्टक सेन्टर इनोभेसन आयोजना विकेन्द्रितकृत सहयोग इकाई विराटनगरले हालसम्म समुह सहकारी तर्फ ४२ वटा र ६३ वटा नीजि फर्मसंग सम्झौता गरी काम सम्पन्न गरेको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको चार वटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईमध्ये प्रदेश नम्बर एकको विराटनगरमा रहेको विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ७ वटा जिल्लामा कार्यक्रम संचालन गर्दै आएको छ ।
पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर जिल्लाका ४० वटा गाउँपालिका र ३७ वटा नगरपालिका गरी ७७ वटा स्थानीय तहमा आयोजना कार्यान्वयन भएपछि किसानको पशुपालनतर्फ आकर्षण बढेको हो ।
आयोजना मार्फत खसीबोकाको मासु, दुध तथा दुग्द्यजन्य पदार्थ मुल्य श्रृङखला विकासमा २०% कृषकका तर्फबाट वित्तिय संस्था मार्फत ऋण प्रवाह लगानी सहित ३०% र बाँकी ५०% आयोजनाको तर्फबाट अनुदान दिँदै आएको हो ।
अधिकतम एक करोडसम्म लागानी गरेको आयोजनाले उप–आयोजना संचालन अनुदान वितरण समेत गरेको छ । कोशि प्रदेश का ७७ वटा स्थानीय तहमा काम गर्दै आएको बिकेन्द्रीकृत आयोजना सहयोग इकाई बिराटनगरले आयोजनाको लक्ष्य र उदेश्य प्राप्तिका लागि मेसिन औजार वितरण, तालिम, किसानस्तरमा गोष्ठी तथा अन्तरक्रिया गरेको छ ।
आयोजनाले पशु स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गरिनुका साथै पशुसेवा प्रसार कार्यक्रमको सेवा विस्तृतिकरण र नविनता प्रदानका लागि प्राविधिक सहयोग गर्ने खालका भौतीक पूर्वाधार निर्माण गरेको छ । इलामको रोङ गाउँपालिका झापाको बिर्तामोड नगरपालिका, मोरङको पथरी शनिश्चरे नगररपालिका ,धनपालथान गाउँपालिका र जिल्लाको पशु सेवा भवन निर्माण सम्पन्न भएका छन् । जसबाट स्थानिय तहमा कृषकलाई सेवा लिन सहज भएको छ ।
आयोजनाको बिकेन्द्रीकृत आयोजना सहयोग इकाइ बिराटनगरबाट किसानलाई मेसिन औजार वितरणको काम पनि गरिएको छ ।आयोजनाले बुढीगंगा, कटहरी, कानेपोखरी, जहदा गाउँपालिका र लेटाङ नगरपालिका मोरङमा पशुको भ्याक्सिन भण्डारणका लागी फ्रिज हस्तान्तरण गरिएको छ ।
यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका, भोक्राहानरसिंह गाउँपालिका, झापाको दमक नगरपालिका, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकामा पशुको भ्याक्सिन भण्डारणका लागी फ्रिज वितरण गरिएको हो ।
आयोजनाबाट उदरपूरको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, धनकुटाको पाख्रिबास नगरपालिका, छथरजोरपाटी गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकामा पशुको भ्याक्सिन भण्डारणका लागी फ्रिज हस्तान्तरण गरिएको छ । साथै कोशि प्रदेश प्रदेशका सातै वटा पशु सेवा बिज्ञ केन्द्र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बिराटनगरमा खोप भडारणका लागी कोल्डरुम स्थापना भइ सेवा संचालनमा सहज भएको छ ।
बिकेन्द्रीकृत आयोजना सहयोग इकाइ बिराटनगरबाट तालिम कार्यक्रम पनि अधिक भएका छन् । आयोजनाले कृषक पाठशालाको सहजकर्ता तालिम ३३ जनालाइ प्रदान गरेको थियो । आयोजनाबाट भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र स्थानिय तहका पशु प्राबिधिकलाई दक्ष क्बmउभि ऋिियभअतष्यल बलम म्ष्कउबतअज तालिम भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र स्थानिय तहका ७५ जना पशु प्राबिधिकलाई तालिम प्रदान गरिएको छ ।
गाई भैसी र बाख्रा पालन सम्बन्धि ३ दिने तालिम किसानलाई प्रदान गरिएको छ । सरकारले संचालन गर्दै आएको पशु विमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा अभिकर्तालाई प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सात जिल्लाको ५० स्थानिय तहका ५० जना ग्रामिण पशु सेवा तथा स्वास्थ प्राविधिकलाई विमा अभिकर्ताहरुसँग प्रगति समिक्षा सम्बन्धि २ वटा कार्यक्रम संचालन भएका छन ।
आयोजनाबाट समुह, सहकारीलाई ३ दिने योजना तर्जुमा तालिम प्रदान गरिएको छ । तालिममा समुह, सहकारीबाट सहभागिता रहेको थियो । उप–आयोजनाहरुका लेखा व्यवस्थापन चुस्त बनाउन लेखा सम्बन्धी तालिम उप–आयोजना संचालन तथा ब्यवस्थापकीय तालिम प्रदान गरिएको छ । यस्तै आयोजनाबाट निजि फार्म कम्पनिलाई उप–आयोजना संचालन तथा ब्यवस्थापन तालिम ९३ जनालाइ प्रदान गरिएको थियो ।
आयोजनाले कृषक स्तरमा सात जिल्लाका २ सय ६० जना किसानलाई पुर्ण प्रस्ताब लेखन तालिम २ दिनको संचालन गरेको थियो । आयोजनाबाट प्रजनन् तथा अभिलेख ब्यवस्थापन सम्बन्धी २ दिने तालिम र ३ वटा ब्रिडर हर्ड समुहमा १ सय १० जनालाई प्रदान गरिएको थियो । साथै तिन वटै ब्रिर्डर हर्ड समुहमा ३ हजार माउ बाख्राको हर्ड छानी १५ वटा शुद्ध बोयर जातको बोका वितरणबाट हाल बोयर क्रस पाठापाठीको उत्पादन बृद्धि भएको छ ।
आयोजनाका काम प्रभावकारी रुपमा संचालनका लागि गोष्ठी सेमिनार र अन्तरक्रियाका काम भएका छन् ।
आयोजनाले एक स्वास्थ रणनिति गोष्ठी एक दिने संचालन गरेको थियो । असल पशु पालन अभ्यास -GVP÷GAHP सम्बन्धी १ दिने तालिम स्थानिय तहका पशु सेवाका प्राबिधिकलाई संचालन गरीएको छ । तालिममा २ सय ८० जना स्थानिय तहका पशु सेवाका प्राबिधिकहरुको सहभागिता रहेको थियो । आयोजनाले PPRs सम्बन्धी गोष्ठी संचालन गरेको थियो ।
आयोजनाको सहयोगमा जुनोटिक रोगको सर्भिलेन्स मार्फत पशुहरुको नमुना संकलनको काम भएका छन् । आयोजना लागु भएका जिल्लाहरुमा पशुहरुबाट नमुना संकलन गरी जाँच गरिएको हो । गाइ भैसीमा लाग्ने FMd र बाख्रामा PPr रोगको Post sero survifllence का लागि पनि नमुना संकलन गरि जाँच गरेको थियो ।
आयोजनाले घाँसका बिरुवाको मोडल नर्सरी स्थापनामा सहयोग गरेको छ । .साथै सात जिल्लामा गठन भएका समुहलाई घासको बिउ र सेटस वितरण गरिएको छ ।आयोजनाबाट बिगत ६ बर्षमा १ हजार ८ सय हेक्टर क्षेत्रफलमा घाँस खेति गर्ने बिउ वितरण गरेको छ । साथै आयोजनाबाट निशुल्क पशु स्वास्थ शिबिर सम्पन्न भएको छ ।
किसानको उत्पादनको बिक्रि वितरणका लागि पशु हाट बजारमा आयोजनाले लगानि गरेको छ । रंगेली नगरपालिका ९ मा दोहमना पशु हाट निर्माण पश्चात पशु खरिद बिक्रिमा सहजता ल्याएको छ ।
किसानका घरमै पुगेर सेवा दिने, किसानका गोठका पशुहरुमा देखिएका रोगको उपचार र औषधि प्रदान गरि किसानलाई व्यवसायीक पशुपालनमा आकर्षित गरिदैँ आएको छ । जसले देशको आर्थिकस्तर बलियो बनाउनमा क्रियासिल विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनको कामले कोशी प्रदेशमा किसानको आयस्तरमा पनि सुधार आएको छ ।
थप तस्बिरहरु :