Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

इलाम १ मा पुन : निर्वाचनको माग गर्दै खनालले दायर गरेको रिट खारेज

इलाम १ मा पुन : निर्वाचनको माग गर्दै खनालले दायर गरेको रिट खारेज

  • सन्देश सम्वाददाता
  • बुधबार, असार ६ २०८१


इलाम १ मा पुन : निर्वाचनको माग गर्दै खनालले दायर गरेको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पुनः निर्वाचन गराउन अस्वीकार गरेको छ। गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुनः निर्वाचन गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो।

मतदानमा धाँधली भएको दाबीसहित नेता खनालले इलाम १ मा पुन : निर्वाचन गर्न माग गरेका थिए। नेता खनाल एमालेका महेश बस्नेतसँग २६ सय ६३ मतले पराजित भएका थिए। एमालेकै रघुबीर महासेठसँग १ सय २५ मतले पराजित धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका पराजित उम्मेदवार महेन्द्र यादवले पुनः मत गणनाको माग गर्दै दायर गरेको रिट पनि संवैधानिक इजलासले खारेज गरिदिएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले मत दोहोर्‍याएर गन्न माग गर्दै दायर गरेको रिट पनि खारेज भएको छ । चौधरी नेकपा एमालेका राजकुमार गुप्तासँग १ सय ६७ मतले पराजित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार